कुवेत — नेपाल तामाङ घेदुङ कुवेतको आयोजना र अल मुल्ला एक्स्चेञ्जको मुख्य प्रायोजकत्वमा हुन लागेको तामाङ समुदायको परम्परागत चाड सोनाम ल्होछारको तयारी तीव्र बनेको छ। मञ्जुश्री संवत २८६२ ता ल्हो (घोडा बर्ष) को अवसरमा आयोजना हुन लागेको यस कार्यक्रमका लागि नेपालबाट तीन जना कलाकारहरू आसमान लोप्चन, लक्ष्मी स्याङ्तान तामाङ र रिजन थिङ तामाङ कुवेत आइपुग्ने भएका छन् !

कलाकारहरू भोलि मिति ११ फेब्रुअरी २०२६, बुधबार बिहान १०:२५ बजे जजिरा एयरलाइन्सबाट कुवेत अवतरण गर्नेछन्। आयोजकले कुवेतमा रहेका सम्पूर्ण क्रियाशील संघ संस्थाका पदाधिकारीहरूलाई कलाकारहरूको भव्य स्वागतका लागि विमानस्थलको जजिरा एयरलाइन्स टर्मिनलमा उपस्थित हुन अनुरोध गरेको छ !
आयोजक : नेपाल तामाङ घेदुङ कुवेत