तमानखोला, बाग्लुङ – बाग्लुङ सेवा समाज कुवेतले तमानखोला गाउँपालिका–३ स्थित बालगृहका बालबालिकाहरूलाई रु २० हजार बराबरको खाद्यान्न सहयोग प्रदान गरेको छ।

गाउँपालिकाका अध्यक्ष झक बहादुर बुढा मगरको उपस्थितिमा आयोजित कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष विकास मगरले बालगृहमा बस्ने बालबालिकाका लागि खाद्यान्न वितरण गर्नुभएको हो !वरिष्ठ उपाध्यक्ष मगरले कुवेतमा रहेका बाग्लुङेलीहरूले आफ्नो जन्मभूमिका बालबालिकाप्रति सहयोगको हात अघि बढाएको बताउनुभयो। “विदेशमा रहेका हामीले पनि गाउँका बालबालिकाको हेरचाहमा योगदान गर्नुपर्छ,” उहाँले भन्नुभयो। बालगृहमा रहेका बालबालिकाहरूले सहयोगप्रति खुशी व्यक्त गर्दै समाजप्रति धन्यवाद दिएका छन्। बालगृहका संचालकले समयमै प्राप्त भएको सहयोग उपयोगी रहेको बताउनुभएको छ !