कुबेत : नेपाल आदिवासी जनजाति महासंघ कुबेतको ३१औं विश्व आदिवासी दिवस तथा पाँचौ अधिवेशन मिती १५ अगष्ट २०२५ शुक्रबारका दिन कुवेतको खैतानस्थित राजधानी प्यालेस होटल को सभाहलमा महासंघ कुबेतका अध्यक्ष अमृत तमाङको अध्यक्षतामा सम्पन्न सो महाधिवेशनले बलबहादुर काम्बाङ लिम्बुलाई (२०२५-२०२७) कार्यकालको अध्यक्ष नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यक्रममा नेपाली राजदूतावास कुवेतका काउन्सेलर सुजनी रानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ट अतिथिमा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष दिल कुमार पाख्रिन, निवर्तमान अध्यक्ष रणध्वज लामा, पुर्व अध्यक्ष अर्जुन तामांग, महासंघको संस्थापक संरक्षक-राजेन्द्र तामाङ, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्ल रहेका थिए। भने अतिथीहरुमा विभिन्न राजनितीक दलका भातृ संगठनका प्रमुख एवं प्रतिनिधीहरू, पत्रकार,विभिन्न संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरू साथै समाजसेवी/वुद्धिजीवीहरू अतिथि रहेका थिए।

तमू समाज कुबेतकी अध्यक्ष रन्जान गुरुङले संचालन गरेको कार्यक्रममा राष्ट्रिय गान पश्चात् प्रमुख अतिथि,विशिष्ट अतिथि संयुक्तरुप पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थिए। भने उपस्थित आगन्तुकहरुलाई संस्थाको महासचिव राजु गुरुङले मन्तव्यद्वारा स्वागत गरेका थिए।कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए। मन्तव्य दिने क्रम्ममा सबैको एउटै भनाइ थियो कुवेतको पछिल्लो दुःखद घटनामा विषादीयुक्त मदिरा सेवनबाट गर्नले धेरै नेपाली दाजु भाईले ज्यान गुमाएको र यस दु:खद घटनामा मृतकहरुप्रती गहिरो समवेदना प्रकट गर्दै उपचाररत बिरामिहरूप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो कार्यबाट तपाईं हामी सबै जान सचेत अनुरोध गरेका थिए।

कुवेतलाई कर्मथलो बनाएर बसेका विभिन्न जातजाति संस्था नेपाल तामाङ घेदुङ कुवेत, नेपाल मगर संघ कुवेत, किरात राई यायोक्खा शाखा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत, तमु प्ये ल्हु संघ कुवेत शाखा, सुनुवार सेवा समाज कुवेत, तमू समाज कुबेत, नेवा गुठी कुबेत माझी सेवा समाज कुवेत लगायतले आ-आफ्नो भेषभुषा र पहिचान झल्किने गीत, नृत्य, झाँकी र अन्य मनोरन्जात्मक प्रस्तुतिहरुको साथ ३१ औं विश्व आदिवासी दिवस भव्य रुपले मनाए ।अधिवेशनलाई सरल,सहज र निश्पक्ष तरिकाले सम्पन्न पार्न सुन बाहदुर तमाङको संयोजकत्वमा ३ जान निर्वाचन समिति गठन गरेको थियो। निर्वाचन समितिले आफ्नो जिम्मेवारी गहनताका साथ निर्वाह गर्दै,निर्वाचित समिति ले नयाँ कार्यसमितिको नामावली महासंघ लाई बुझाएको थियो।

पाँचौ अधिवेशनबाट निर्वाचित भएको नयाँ कार्यसमिती यस प्रकार रहेको छ ।



