कुवेत, २६ मार्च २०२६ – Jazeera Airways ले आज कुवेतबाट साउदी अरबको King Fahd International Airport (DMM) मा रहेको आफ्नो नयाँ सञ्चालन केन्द्रमार्फत नेपालकाे काठमाडौँतर्फ उडान सुरु गर्ने घोषणा गरेको छ। नयाँ रुटले विशेष गरी अहिलेको संवेदनशील अवस्थामा कुवेत र दक्षिण एसियाबीचको आवागमनलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। कुवेतका लागि नेपालका राजदूत Gana Shyam […]
कुवेत सिटी। मध्यपूर्वमा विकसित पछिल्लो विषम परिस्थितिका बाबजुद मानवीय सेवाको भावनालाई आत्मसाथ गर्दै तमू समाज, कुवेतले आगामी मार्च २७ तारिख शुक्रबारका दिन ‘१०औं बृहत रक्तदान कार्यक्रम’ आयोजना गर्ने भएको छ । हाल मध्यपूर्वमा देखिएको राजनीतिक अस्थिरताका कारण समाजले आफ्नो पूर्व निर्धारित कार्यक्रम स्थगित गर्ने बारे छलफल गरिरहेको अवस्थामा यस्तै संकटको समयमा रगतको अभाव हुन नदिन […]
कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा आपतकालीन सहयोगलाई प्रभावकारी बनाउन १५ सदस्यीय ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन गरेको छ। कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालको समुपस्थितिमा बसेको बैठकले वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर गर्दै राजदूतावासकी काउन्सिलर तथा नियोग उपप्रमुख सुजनी रानाको संयोजकत्वमा कार्यदल […]
कुवेतस्थित नेपाली दूतावासले विशेष सूचना जारी गर्दै कुवेतमा बसोबास गरिरहेका तथा आफ्नो Civil ID र Residency क्यान्सिल गरी नेपाल फर्किन प्रतीक्षामा रहेका नेपाली नागरिकहरूलाई आवश्यक परे साउदी अरबको स्थलमार्ग प्रयोग गरी स्वदेश फर्किने व्यवस्था मिलाउन पहल गरिने जनाएको छ। दूतावासका अनुसार कुवेतबाट नेपालतर्फ सिधा उडान सम्भव नभएको अवस्थाका कारण केही नेपाली नागरिकहरू समस्यामा परेको गुनासो […]
१६, फागुन, काठमाडौं । इजरायली आक्रमणमा परी इरानको एक प्राथमिक विद्यालयमा पाँच जनाको मृत्यु भएको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको प्राथमिक विद्यालयमा इजरायलले आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको हो । इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा इजरायलले आक्रमण गरेको अलजजिराले जनाएको छ । […]