राजेश हमाललाई भुवन केशी र शिब श्रेष्ठले महानायक नमनेकै हुन

शेयर गर्नुहोस

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई यो उपाधि चाहिएको छैन भन्न सकेका छन्, न त केही चलचित्रकर्मी उनलाई ‘महानायक’ मान्न नै तयार छन् ।यसैले, पनि हमाललाई दिइएको उपाधि बारम्बार विवादमा छ र यो विवाद समय–समयमा बल्झिने गर्दछ । गतबर्ष निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दा यो बिषय विवादित बन्यो । दीपाश्रीको तर्कमा सहमत हुने थोरै र उनलाई गाली गर्ने धेरै देखिए ।यसपटक भने नायकद्धय भुवन केसी र शिव श्रेष्ठले नै ‘महानायक’को उपाधिमाथि प्रश्न उठाए । उसो त, भुवनले बेला–बेलामा यो बिषय उठान नगरेका होइनन् । भुवनलाई बारम्बार साथ दिएर यो बिबादमा तर्क पेश गर्ने चलचित्रकर्मीमा पर्छन्, निर्देशक शोभित बस्नेत । शोभितको बोली यसपटक पनि रोकिएन । तर, घुमाउरो शैलीमा यसपटक शिव श्रेष्ठले पनि ‘महानायक’ उपाधिको बिरोध गरे ।भुवनले शिवलाई ‘महानायक’ भनेर सम्बोधन गर्दा शिवले पनि भुवन केसीको योगदानको चर्चा गरे । भुवन केसी नभएको भए चलचित्र क्षेत्र जमानामा बन्दै भैसक्ने तर्क शिवले गरे ।यसलाई धेरैले शिव र भुवनले ‘महानायक’को उपाधिमाथि दाबी गरेको रुपमा वुझेका छन् भने कपितयले यी दुई नायकले समकालिन नायक राजेश हमाललाई ‘महानायक’ मान्न तयार नभएको तर्क पेश गरेका छन् ।यस बिषयमा अनलाइनखबरसँग कुरा गर्दै भुवन केसीले भने–‘हामीले न त यो उपाधिमा दाबी गर्न खोजेको हो न त कसैको नामको अगाडि झुन्ड्याइएको यो शब्दमा आपत्ती नै जनाएको हो । तर, चलचित्र क्षेत्रलाई यो स्थानसम्म ल्याउनका लागि एक जना मात्र व्यक्तिको भूमिका छैन । यसका पछाडि थुप्रै हातहरु सक्रिय छन् । यसैले, एक जना व्यक्तिलाई मात्र यो उपाधि दिदा अन्य व्यक्तिहरुमाथि अन्याय हुन्छ भन्ने मेरो तर्क हो ।’भुवनले ‘महानायक’को उपाधि केको आधारमा दिने भनेर समेत प्रश्न सोझाएका छन् । भन्छन्–‘कोही एकजना व्यक्तिले भनेको भरमा कोही महानायक हुँदैन । कि यसको मापदण्ड बनाएर उपाधि दिनु पर्यो । कि चलचित्र क्षेत्रका सबै व्यक्ति यसमा सहमत हुनुपर्यो । बारम्बार यो बिषयमा बिबाद हुनुको कारण पनि सबै सहमत नभएर त हो ।’भुवनले चलचित्र क्षेत्रमा ‘महानायक’को विवादले अनावश्यक हल्ला भएको बताए । उनी भन्छन्–‘हामी सबै एक भएर बसेको यो क्षेत्रमा यो बिषयका कारणले गर्दा टुक्राउने काम भयो । महानायक देशका लागि उच्च योगदान दिने व्यक्तिलाई मान्नुपर्छ । चलचित्र क्षेत्रका लागि ‘महानायक’ शब्द नै सुहाउँदो छैन ।’उनले, आफूहरुले कसैको विरोध नगरेको बताउँदै भने–‘चलचित्र क्षेत्रका लागि कसको योगदान कती छ, कसको चलचित्रले बक्स अफिसमा कस्तो व्यापार गर्छ भन्ने त भोलीको दिनमा फेरि थाहा भैहाल्छ । विभिन्न उपाधि लिने अनी हलमा दर्शक नआउने भयो भने त लिनेलाई नै लाज हुन्छ ।’नायक राजेश हमाललाई प्राविधिक संघले दिएको ‘महानायक’ उपाधि र नायिका करिश्मा मानन्धरलाई एक संस्थाले दिएको ‘महानायिका’को उपाधि बारम्बार बिबादमा पर्ने गरेको छ । न त पाउनेले चाहिदैन भन्न सकेका छन्, न त सबैले स्विकार गर्न नै सकेका छन् । आखिर, कहिलेसम्म चलचित्र क्षेत्र यस्ता उपाधिको पछाडि रुमल्लिने हो ?

ताजा अपडेट

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

कुवेतस्थित नेपाली दूतावासको सूचना : समस्या परेका नेपालीलाई साउदी मार्ग हुँदै नेपाल फर्किन सहजीकरण ,

इजरायली आक्रमणमा परी इरानको एक विद्यालयमा पाँच जनाको मृत्यु

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

सम्बन्धित खवरहरु

Screenshot

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

IMG_5158

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

Screenshot

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

Screenshot

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

562e2de617580de899b85ed340932334

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

27da2352-d3b3-4492-bc54-2e277dd26492

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

Photoroom_20260318_172436

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

Photoroom_20260317_122108

कुवेतस्थित नेपाली दूतावासको सूचना : समस्या परेका नेपालीलाई साउदी मार्ग हुँदै नेपाल फर्किन सहजीकरण ,

ट्रेन्डिङ खबर