राजेश हमाललाई भुवन केशी र शिब श्रेष्ठले महानायक नमनेकै हुन

शेयर गर्नुहोस

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई यो उपाधि चाहिएको छैन भन्न सकेका छन्, न त केही चलचित्रकर्मी उनलाई ‘महानायक’ मान्न नै तयार छन् ।यसैले, पनि हमाललाई दिइएको उपाधि बारम्बार विवादमा छ र यो विवाद समय–समयमा बल्झिने गर्दछ । गतबर्ष निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दा यो बिषय विवादित बन्यो । दीपाश्रीको तर्कमा सहमत हुने थोरै र उनलाई गाली गर्ने धेरै देखिए ।यसपटक भने नायकद्धय भुवन केसी र शिव श्रेष्ठले नै ‘महानायक’को उपाधिमाथि प्रश्न उठाए । उसो त, भुवनले बेला–बेलामा यो बिषय उठान नगरेका होइनन् । भुवनलाई बारम्बार साथ दिएर यो बिबादमा तर्क पेश गर्ने चलचित्रकर्मीमा पर्छन्, निर्देशक शोभित बस्नेत । शोभितको बोली यसपटक पनि रोकिएन । तर, घुमाउरो शैलीमा यसपटक शिव श्रेष्ठले पनि ‘महानायक’ उपाधिको बिरोध गरे ।भुवनले शिवलाई ‘महानायक’ भनेर सम्बोधन गर्दा शिवले पनि भुवन केसीको योगदानको चर्चा गरे । भुवन केसी नभएको भए चलचित्र क्षेत्र जमानामा बन्दै भैसक्ने तर्क शिवले गरे ।यसलाई धेरैले शिव र भुवनले ‘महानायक’को उपाधिमाथि दाबी गरेको रुपमा वुझेका छन् भने कपितयले यी दुई नायकले समकालिन नायक राजेश हमाललाई ‘महानायक’ मान्न तयार नभएको तर्क पेश गरेका छन् ।यस बिषयमा अनलाइनखबरसँग कुरा गर्दै भुवन केसीले भने–‘हामीले न त यो उपाधिमा दाबी गर्न खोजेको हो न त कसैको नामको अगाडि झुन्ड्याइएको यो शब्दमा आपत्ती नै जनाएको हो । तर, चलचित्र क्षेत्रलाई यो स्थानसम्म ल्याउनका लागि एक जना मात्र व्यक्तिको भूमिका छैन । यसका पछाडि थुप्रै हातहरु सक्रिय छन् । यसैले, एक जना व्यक्तिलाई मात्र यो उपाधि दिदा अन्य व्यक्तिहरुमाथि अन्याय हुन्छ भन्ने मेरो तर्क हो ।’भुवनले ‘महानायक’को उपाधि केको आधारमा दिने भनेर समेत प्रश्न सोझाएका छन् । भन्छन्–‘कोही एकजना व्यक्तिले भनेको भरमा कोही महानायक हुँदैन । कि यसको मापदण्ड बनाएर उपाधि दिनु पर्यो । कि चलचित्र क्षेत्रका सबै व्यक्ति यसमा सहमत हुनुपर्यो । बारम्बार यो बिषयमा बिबाद हुनुको कारण पनि सबै सहमत नभएर त हो ।’भुवनले चलचित्र क्षेत्रमा ‘महानायक’को विवादले अनावश्यक हल्ला भएको बताए । उनी भन्छन्–‘हामी सबै एक भएर बसेको यो क्षेत्रमा यो बिषयका कारणले गर्दा टुक्राउने काम भयो । महानायक देशका लागि उच्च योगदान दिने व्यक्तिलाई मान्नुपर्छ । चलचित्र क्षेत्रका लागि ‘महानायक’ शब्द नै सुहाउँदो छैन ।’उनले, आफूहरुले कसैको विरोध नगरेको बताउँदै भने–‘चलचित्र क्षेत्रका लागि कसको योगदान कती छ, कसको चलचित्रले बक्स अफिसमा कस्तो व्यापार गर्छ भन्ने त भोलीको दिनमा फेरि थाहा भैहाल्छ । विभिन्न उपाधि लिने अनी हलमा दर्शक नआउने भयो भने त लिनेलाई नै लाज हुन्छ ।’नायक राजेश हमाललाई प्राविधिक संघले दिएको ‘महानायक’ उपाधि र नायिका करिश्मा मानन्धरलाई एक संस्थाले दिएको ‘महानायिका’को उपाधि बारम्बार बिबादमा पर्ने गरेको छ । न त पाउनेले चाहिदैन भन्न सकेका छन्, न त सबैले स्विकार गर्न नै सकेका छन् । आखिर, कहिलेसम्म चलचित्र क्षेत्र यस्ता उपाधिको पछाडि रुमल्लिने हो ?

ताजा अपडेट

पृथ्वी गुरुङको “फूलको बासना” कौरा चुड्का गित बजारमा (भिडियोसहित)

आत्मघाती गोलका कारण इन्टर मिलान बिजयी

धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ : एलिना चौहान

गृहमन्त्री र ‘नो केबलकार’ समूहको वार्ता सकारात्मक

अध्यक्षमा बाबुरामलाई टक्कर दिँदै नेत्र, आज मतदान

हमासले बन्धक रिहाइ रोके युद्धविराम अन्त्य गर्ने ट्रम्पको चेतावनी

मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातामा

दिल्लीकी मुख्यमन्त्री आतिशीले पदबाट राजीनामा दिइन्

पाथीभरा केबलकारः वार्ता कमिटीमा बाहिरका सदस्य, ताप्लेजुङबासी असन्तुष्ट

इंग्ल्याण्डविरुद्ध भारतको सहज जित कप्तान रोहितको शतक

सम्बन्धित खवरहरु

manakamana update logo

पृथ्वी गुरुङको “फूलको बासना” कौरा चुड्का गित बजारमा (भिडियोसहित)

Capture.JPG-3221

आत्मघाती गोलका कारण इन्टर मिलान बिजयी

476459667_1138043197987535_7080209973476325168_n

धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ : एलिना चौहान

Barta

गृहमन्त्री र ‘नो केबलकार’ समूहको वार्ता सकारात्मक

baburam-bhattrai-2-1024x576-1

अध्यक्षमा बाबुरामलाई टक्कर दिँदै नेत्र, आज मतदान

donald trump2024-07-16-07-56-41

हमासले बन्धक रिहाइ रोके युद्धविराम अन्त्य गर्ने ट्रम्पको चेतावनी

Football

मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातामा

67a84c12c6e58-cm-atishi-09324592_Sw46CuCJyk_zut0qavit5ngphpinfhvffvibthqxmrg71psymfo00v1hchjw1earheikpry_mFQMgdVSLW_k3tsus30ec7l7knblxohu5jwycrdjj1h6ord1cgknyehhck06zmrvhnnaqfs

दिल्लीकी मुख्यमन्त्री आतिशीले पदबाट राजीनामा दिइन्

ट्रेन्डिङ खबर