मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातामा

शेयर गर्नुहोस

वीरगञ्ज, (पर्सा),। मधेश प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप २०८१ फागुनको दोस्रो सातादेखि वीरगञ्जको आर्दशनगर रंगशालामा हुने भएको छ । भेट्रान सिटि क्लव वीरगञ्जको आयोजनामा आगामी फागुन १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमको सहभागिता जनाउने छन् ।

फुटबल प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ । भेट्रान सिटि क्लव वीरगञ्जका अध्यक्ष सबिन बस्नेतले मधेश प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्नका लागि दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिए। ‘‘विगतमा वीरगञ्जमा फुटबलका गतिविधि निकै धेरै हुन्थे । तर,पछिल्लो समय वीरगञ्जमा फुटबलका गतिविधि सुस्ताएसँगै खेलकुदको विकास र जर्गेना गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागेका हौं,’’ उनले भने,‘‘प्रतियोगिता ए डिभिजन लिग फुटबल खेल्ने टोलीसहित भारतीय टोलीको पनि सक्रिय सहभागिता जनाउनेछन् । यसले मधेश प्रदेशमा फुटबल खेलको विकास गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छौं ।

प्रतियोगितामा संकटा फुटबल क्लव, मछिन्द्र फुटबल क्लव, बागमती युथ क्लव सर्लाही, नेपाल पुलिस क्लव,गरवाल डाइमण्ड फुटबल क्लव दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड,काठमाडौं, सलहेश फुटबल क्लव सिरहा र आयोजक वीरगञ्ज युनाइटेड क्लवले प्रतिस्पर्धा गर्नेछन् ।

क्लवका कोषाध्यक्ष तथा प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले प्रतियोगिताको बिजेता टोलीलाई नगद रु ११ लाख ११ हजार एक सय एघार,ट्रफी,मेडल र प्रमाणपत्र र उपबिजेता हुने टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने जानकारी दिए ।

‘‘प्रतियोगिता सञ्चालनको लागि आर्दशनगर रंगशालाको मैदान मर्मतसम्भारको कार्य अन्तिम चरणमा पुगिसकेको छ,’’ उनले भने,‘‘दुई महिनादेखि रंगशालाको मैदान मर्मतसम्भारको कार्यलाई तिव्रता दिइएको छ ।’’ प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा वीरगञ्ज महानगरपालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिव एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माणको कार्यलाई पनि तिव्रता दिइएको छ । उनले भने, ‘‘अस्थायी प्याराफिटमा करिव दुई हजारभन्दा धेरै दर्शन घट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ ।’’ प्रतियोगिता संयोजक श्रीवास्तवले विगतमा वीरगञ्जमा चर्चित फुटबलका गतिविधि हुने गरेपनि पछिल्लो समय सुस्ताएको फुटबलको गतिविधिलाई फेरि जुर्मुराउनका लागि प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।

‘‘विगतमा सहिद तेजबहादुर अमात्यगोल्डकप, विशाल मेमोरियल गोल्डकप आयोजना भएको थियो । वीरगञ्जमा लोप भइरहेको फुटबल प्रतियोगितालाई फेरि पुर्नजागृत गराउनका लागि प्रतियोगिता गर्न लागेका हौं,’’ उनले भने,‘‘ स्थानीय खेला गोल्डकप प्रतियोगिताले स्थानीय फुटबल खेलाडीको खेल कौशल निर्खानका लागि उचित प्लेटफर्म निर्माण गर्ने अपेक्षा गरिएको छ ।’’ प्रथम वीरगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को कात्तिक महिनामा आयोजना गरिएको थियो । प्रथम संस्करणको वीरगञ्ज गोल्डकपको बिजेताको रुपमा नेपाल पुलिस क्लव र उपबिजेताको रुपमा नेपाल आर्मी क्लव भएको थियो ।

ताजा अपडेट

नेपाल पत्रकार महासंघ कुवेतको १७औँ स्थापना दिवस ७ अगस्टमा रक्तदान कार्यक्रम गरि मनाउँदै ,

आजै राती इरान ध्वस्त हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ चेतावनी,

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

कुवेतस्थित नेपाली दूतावासको सूचना : समस्या परेका नेपालीलाई साउदी मार्ग हुँदै नेपाल फर्किन सहजीकरण ,

सम्बन्धित खवरहरु

photo-output

नेपाल पत्रकार महासंघ कुवेतको १७औँ स्थापना दिवस ७ अगस्टमा रक्तदान कार्यक्रम गरि मनाउँदै ,

{"tiktok_developers_3p_anchor_params":"{"source_type":"vicut","os":"ios","region":"KW","product":"vicut","appVersion":"17.2.1","capability_name":"capcut_photo_editor","pictureId":"F72196E3-3B02-43E9-828E-1E89F76201A2","source_platform":"mobile_1","editType":"image_edit","client_key":"aw889s25wozf8s7e","enterFrom":"cover"}","source_type":"vicut","data":{"os":"ios","region":"KW","source_type":"vicut","capability_name":"capcut_photo_editor","source_platform":"mobile_1","appVersion":"17.2.1","client_key":"aw889s25wozf8s7e","product":"vicut","enterFrom":"cover","editType":"image_edit","pictureId":"F72196E3-3B02-43E9-828E-1E89F76201A2"}}

आजै राती इरान ध्वस्त हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ चेतावनी,

Screenshot

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

IMG_5158

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

Screenshot

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

Screenshot

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

562e2de617580de899b85ed340932334

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

27da2352-d3b3-4492-bc54-2e277dd26492

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

ट्रेन्डिङ खबर