लोकप्रिय गायिका रिया घलेले आफ्नो आधिकारिक युट्युब च्यानलमा नयाँ तीज गीत “मुखैको जुठो खाने कसले हो” सार्वजनिक गरेकी छिन्। यो गीतमा रिया घले र सामिक्ष्या अधिकारीको स्वर रहेको छ।
गीतका रचनाकार तथा संगीतकार रमेश परियार हुन्। भिडियोमा जय किशन बस्नेत, स्मारिका ढकाल, करिश्मा शाही र सुरेश कोहली फिचर्ड छन्।
गीतको भिडियो रमजी लामिछानेले निर्देशन गरेका हुन्। यसको कोरियोग्राफी पनि उनैले गरेका छन्।
गीतमा प्रकाश पराजुलीको पनि स्वर रहेको छ। संगीत संयोजन सुनिल परियारले गरेका छन् भने मिक्सिङ र मास्टरिङ बिनोद परियारले गरेका हुन्।
यो नेपाली वर्ष २०८१ को तीज गीत हो। गीतको भिडियो रिया घलेको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ।