काठमाडौं– ‘द पोएट आइडल सीजन–२’ को उपाधि सिक्किमका सिमोन सुकिता राईले जितेका छन् । शनिवार अबेर राति सम्पन्न ग्राण्ड फिनालेमा राईले उपाधिसंगै नगद १० लाख रुपैयाँसहितको पुरस्कार जितेका हुन् ।
राईले उपाधि तथा पुरस्कारसँगै एभरेष्ट फिल्म कलेजबाट एक वर्षको स्नातक अध्यायनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट एक लाखको गिफ्ट भौचरसमेत प्राप्त गरेका छन् ।