तपाईको आजको राशिफल पुस ३ गते आइतवार

शेयर गर्नुहोस

मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। सरोकार नभएका विषयमा चासो राख्नाले दुःख पाइनेछ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। यात्राको प्रक्रियामा बढी खर्च गर्नुपर्ने हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

वृष–इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पढाइलेखाइमा समय दिन नसकिएला। आँटेको काम रोकिन सक्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। साँझदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। व्यापार बढ्नाले आयस्रोत सबल बन्नेछ।

मिथुन–का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थिति असहज देखिए पनि काम बन्नेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। तापनि अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कर्कट–हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दा अवसर जुट्नेछ र मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला।

सिंह–मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली(व्यवहारमा सजग रहनुपर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।

कन्या–टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आत्मविश्वासको कमीले पछि परिनेछ। अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ। खानपानको सोखले स्वास्थ्य बिग्रन सक्छ। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।

तुला–र, रि, रु, रे, रो, ता, ति, तु, ते
छिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। केही खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्।

वृश्चिक–तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेको कर्मफल तथा उठ्नुपर्ने रकम हातलागी हुनेछ। नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।

धनु–ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
राम्रो कर्मफल प्राप्त हुनाले उत्साह जाग्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। तर समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। काम रोकिनाले थप अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।

मकर–भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा समेत प्रवृत्त भइनेछ।

कुम्भ–गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ। अस्वस्थता र कमजोरी अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्नेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्च बढ्नेछ, तापनि सहयोग गर्नेहरू समेत भेटिनेछन्। समयमा समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। अर्थअभाव हुन नदिन समयमा सजग रहनुहोला।

मीन–दि, दु, थ, झ, ञ, दे, दो, च, चि
फाइदा हेर्दा नाम बिग्रन सक्छ। तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्ला। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। वादविवादमा अघि नसर्नुहोला, मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् तर काममा केही चुनौती भने आउन सक्छन्। नेपालीपात्रोबाट

ताजा अपडेट

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

कुवेतस्थित नेपाली दूतावासको सूचना : समस्या परेका नेपालीलाई साउदी मार्ग हुँदै नेपाल फर्किन सहजीकरण ,

इजरायली आक्रमणमा परी इरानको एक विद्यालयमा पाँच जनाको मृत्यु

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

सम्बन्धित खवरहरु

Screenshot

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

IMG_5158

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

Screenshot

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

Screenshot

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

562e2de617580de899b85ed340932334

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

27da2352-d3b3-4492-bc54-2e277dd26492

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

Photoroom_20260318_172436

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

Photoroom_20260317_122108

कुवेतस्थित नेपाली दूतावासको सूचना : समस्या परेका नेपालीलाई साउदी मार्ग हुँदै नेपाल फर्किन सहजीकरण ,

ट्रेन्डिङ खबर