त्रिदेशीय महिला अन्तराष्ट्रिय मैत्रीपूर्ण फूटबल अन्तर्गत भएको अन्तिम खेलमा नेपाल विजयी भएको छ । सोमबार बेलुकी भएको खेलमा नेपालले घरेलु टोली भारतलाई २-१ गोलले हराएको हो ।
भारतको सिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले दुई गोल गर्दा भारतको लागि करिश्मा श्रीभोकरले एक गोल फर्काइन् ।