रोमानियामा मेसिनमा च्यापिएर म्याग्दीका देवेन्द्रको मृ’त्यु

शेयर गर्नुहोस

म्याग्दी — वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका रघुगंगा गाउँपालिकाका ३३ वर्षीय देवेन्द्र पुनको मेसिनमा च्यापिएर मृ’त्यु भएको छ ।मोना रोमानियाका अध्यक्ष विजय कुँवरका अनुसार पुन रोजगारीका लागि ३ महिनाअघि मात्र रोमानिया पुगेका थिए ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) रोमानियाले दिएको जानकारी अनुसार पुनको बुधबार तिमिश्वारा सहर नजिक भिजिडियास्थित बनेट मेलोन एग्रिकल्चर कम्पनीमा मेसिनले खेतमा आलु खन्ने क्रममा मेसिनको वेल्टमा परी च्यापिएर मृ’त्यु भएको हो ।

यो पनि – म्याग्दीका मतदाताहरूले घरदैलो अभियानमा गाँउमा आएका उम्मेद्वारसँग विकासका ठूला र महत्वकांक्षी योजनाहरु भन्दा पनि आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरेका छन् । उनीहरूले घरदैलोका लागि गाउँ केन्द्रित भएका उम्मेदवारसँग पहिले आधारभूत आवश्यकता पूरा गर्न आग्रह गरेका छन् ।

“हामीले खेती समयमा रासायनिक मल र विऊ पाउँदैनौ,सहजरुपमा मल र विऊ पाउने व्यवस्था मिलाउनुहोस” बेनी नगरपालिका २ बगरफाँटका पदमपाणी शर्माले भने “गाउँमा खानेपानी,सिंचाइ र रोजगारीको व्यवस्था गरिदिनुहोस्,ठुलाठूला योजनाका कुरा गर्नुभन्दा पनि आधारभूत आवश्यकताका कुराहरु पैसा तिरेर भए पनि सहजरुपमा पाउन सक्ने व्यवस्था गरिदिनुभयो भने हाम्रा लागि ठूलो कुरा हुन्छ ।

” त्यसैगरी मालिका गाउँपालिका ३ बेलीका स्थानीय टेकबहादुर विकले खानेपानी, सिंचाइ,सडक र विरामी पर्दा नजिकमा रहेका स्वास्थ्य संस्थामा उपचार गर्न पाउने व्यवस्था मिलाइदिए राम्रो हुने विचार व्यक्त गरे ।गठवन्धनको तर्फबाट प्रदेशसभा म्याग्दी (२) का उम्मेदवार रेशम जुग्जालीले जनतालाई विकास र समृद्धिको आवश्यक भएको बताए ।

उनले गठबन्धनको लक्ष्य नै मुलुकको समृद्धि भएकाले जनताले साथ दिनुपर्ने धारणा व्यक्त गरे । “जिल्लाको समग्र विकासका लागि हामीले दीर्घकालीन गुरुयोजना बनाउन आवश्यक छ,” जुग्जालीले भने “मुलुकको आर्थिक विकासका लागि कृषि उत्पादनमा ध्यान दिनुपर्छ ।”

कृषि उत्पादन बढाउन किसानलाई मल, विउ र कृषि उपज अनुदानमा दिनुपर्ने धारणा व्यक्त गरे ।त्यस्तै मंगला गाउँपालिकाको रणबाङका हरिकृष्ण पौडेलले चुनावको बेला बाहेक अरु समयमा पनि गाउँमा आएर जनताका दुःख सुख बुझ्न नेताहरुलाई आग्रह गरे ।

नेताहरुले आफ्ना कार्यकर्ता बाहेक जनताको वास्ता नगर्ने गरेको वताउँदै “आफ्ना कार्यकर्ता वाहेक अरु जनताको नेताहरुलाई अघिपछि वास्ता नै हुँदैन ।”उनले भने “चुनाव जितेर गएपछि पटकै गाउँ फर्केर नआउने चाड–पर्वमा विवाह भएका छोरीबेटी माइत आएजस्तै नेताहरु पनि कहिलेकाँही जिल्लामा आएपनि आफ्ना आसे–पासेलाई मात्रै भेटेर फर्कने गर्दा सर्वसाधारण जनता निराश छन् ।”

रघुगंगा गाउँपालिका ३ कलेजावाङका मतदाता पदमबहादुर खत्रीले गाउँमा उत्पादनभएका कृषि अनाज,तरकारी,दूध,फलफूल आदिको उचित मूल्य पाउने वातावरण सहित सजहरुपमा कृषि बजारको व्यवस्था मिलाइदिन सके कृषकहरुलाई ठूलो राहत हुने बताए ।

त्यसका साथै कृषि उपकरण र मल विऊको समयमा नै सहजरुपमा कृषकले पाउनसक्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।मतदातासंगको छलफलको क्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर (खमबीर) गर्वुजाले आफू र गठवन्धनका उम्मेदवार विजयी भए पछि कृषकहरुका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै उत्पादनमुखी कार्यमा ध्यान दिन किसानहरुलाई आग्रह गरे ।

त्यस्तै गठवन्धनको तर्फबाट प्रदेशसभा १ का उम्मेदवार हरी भण्डारीले आफू गाउँ ठाउँमा हुर्के बढेको मान्छे भएको हुनाले किसानहरुका समस्यासँग राम्रोसँग परिचित भएको बताउँदै परिवर्तित अवस्था र चुनौतिपूर्ण विकासको गतिलाई अघि बढाउन गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने बताए ।

उता नेकपा एमालेका उम्मेदवारहरुसँग पनि ग्रामीण भेगका मतदाताहरुले किसानका समस्यालाई समाधान गर्न आग्रह गरेका छन् ।बेनी नगरपालिका वडा नं ३ भकिम्लीको मुसुङका टीका मगरले बेनी–भकिम्ली सडकको स्तरोन्नति, कृषी उत्पादनको बजारीकरणका साथै कृषकलाई गाउँमा नै गरिखाने वातावरण मिलाइदिन सके राम्रो हुने बताए ।

नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठले गाउँका सडकहरुको मापदण्ड तयार गरेर सबै सडकहरुको स्तरीकरण गरी सुविधाजनक गराउने,कृषकहरुको जीवनस्तर वृद्धिका लागि आधुनिक कृषि प्रणाली विकास गर्ने लगाएतका योजनाहरु सुनाए ।

त्यसैगरी नेकपा एमालेको तर्फवाट प्रदेशसभा १ का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले जिल्ला समन्वय समितिमा पाँच वर्ष समन्वय प्रमुख भएर काम गर्दा आफूले कृषकहरुका समस्या र वाध्यताहरु बुझेको बताउँदै कृषकहरुलाई उत्पादनसँग जोडेर जीवनस्तर उकास्ने काममा आफूलागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिनिधीसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा ३ जना स्वतन्त्र सहित ९ जना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच÷पाँच जना उम्मेद्वार छन् ।६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र छन् ।

बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२, मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ गरी जिल्लाभरी जम्मा ८६ हजार १२० जना मतदाता छन् ।

ताजा अपडेट

आजै राती इरान ध्वस्त हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ चेतावनी,

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

कुवेतस्थित नेपाली दूतावासको सूचना : समस्या परेका नेपालीलाई साउदी मार्ग हुँदै नेपाल फर्किन सहजीकरण ,

इजरायली आक्रमणमा परी इरानको एक विद्यालयमा पाँच जनाको मृत्यु

सम्बन्धित खवरहरु

{"tiktok_developers_3p_anchor_params":"{"source_type":"vicut","os":"ios","region":"KW","product":"vicut","appVersion":"17.2.1","capability_name":"capcut_photo_editor","pictureId":"F72196E3-3B02-43E9-828E-1E89F76201A2","source_platform":"mobile_1","editType":"image_edit","client_key":"aw889s25wozf8s7e","enterFrom":"cover"}","source_type":"vicut","data":{"os":"ios","region":"KW","source_type":"vicut","capability_name":"capcut_photo_editor","source_platform":"mobile_1","appVersion":"17.2.1","client_key":"aw889s25wozf8s7e","product":"vicut","enterFrom":"cover","editType":"image_edit","pictureId":"F72196E3-3B02-43E9-828E-1E89F76201A2"}}

आजै राती इरान ध्वस्त हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ चेतावनी,

Screenshot

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

IMG_5158

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

Screenshot

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

Screenshot

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

562e2de617580de899b85ed340932334

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

27da2352-d3b3-4492-bc54-2e277dd26492

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

Photoroom_20260318_172436

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

ट्रेन्डिङ खबर