मकवापुर जिल्लाको मनहरी गाउँपालिका ३ की शृजना प्रजा चार वर्ष देखि कुवेतमा छिन् । दुई वर्षको भिसा लगाएर रोजगारीको सिलसिलामा कुवेत पुगेकी उनी चार वर्ष पुगेर पाँच वर्ष लाग्दा सम्म नेपाल फर्किन पाएकी छैनन्। भिसाको म्याद सकिएपछि उनले आफू गर फर्किन्छु भन्दा मालिकले तीन महिना पछि पठाउँछु भन्यो तर त्यो तीन महिना पुग्ने बेला कोरोना महामारीका कारण लकडाउन भयो । शृजनाले आफूलाई नेपाल पठाइदिन आग्रह गरी रहिन तर उनलाई कोरोनाका कारण अहिले जान नमिल्ने भन्दै टालियो। कुवेतीको घरमा घरेलु कामदारको रूपमा काम गरिरहेकी शृजना माथि बेला बेलामा कु’टपि’ट समेत हुने गरेको उनी बताउँछिन् । शृजना भावुक हुँदै आफ्नो पी’डा सुनाउँछिन् ” अब म यतै म’र्छु होला घरमा बच्चाहरूको माया लाग्छ ,म सँग राहादानी पनि छैन ,मोबाइल पनि खोसिदिन्छ ।थप भिडियो हेर्नुहोस्)