कोरोना संक्रमणका कारण एकै परिवारका चार जनाको मृत्यु

शेयर गर्नुहोस

कोरोना भाइरस संक्रमणका कारण नेपालगन्जमा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी एक बहिनी र दुई दाइको मृत्यु भएको हो । नेपालगन्ज–३ सुनारमन्दी टोलका ४२ वर्षीय जाहिरको बुधबार बेलुका ७ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यही अस्पतालमा उनका राइँलो दाइ एजाजको बिहीबार बेलुकी ७ बजे र काइँलो दाइ इम्तियाजको शुक्रबार बिहान साढे १० बजे ज्यान गएको हो । ‘हट्टाकट्टा थिए, अचानक बिरामी भएर अस्पताल गएका थिए, फर्केनन्,’ छिमेकी हज शकिलले भने ।

उनका अनुसार सात दाजुभाइ सबै संयुक्त परिवारमा बस्दै आएका थिए । परिवारमा अन्य पनि संक्रमित छन् । तीमध्ये कोही घरमै आइसोलेसनमा र केही अस्पतालमा उपचाररत छन् । घरमा उनीहरूकी वृद्ध आमा छिन् । जाहिरकी बहिनीको भने भारतको रुपैडियामा कोरोना संक्रमणले मृत्यु भएको हो । उनको भारतमा बिहे भएको थियो ।

सन् १९९७ मा सिंगापुरमा आयोजना भएको एसीसी यू–१९ कपमा नेपालले सहभागी हुन जाँदा जाहिर १८ सदस्यीय टोलीमा थिए । उनी १४ सदस्यीय नेपाली टोलीमा पर्न भने सकेनन् । पछिल्लो समय उनी लुम्बिनी प्रदेशको क्रिकेट छनोट समितिमा थिए ।

नेपालगन्जका भारोत्तोलन प्रशिक्षक तथा अन्तर्राष्ट्रिय भारोत्तोलक शकिल अहमदको पनि बिहीबार संक्रमणले नै ज्यान लिएको छ । उनको नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो । उनले सन् १९८५ मा बंगलादेशको ढाकामा सम्पन्न दोस्रो दक्षिण एसियाली खेलकुद र १९९० मा चीनमा भएको एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका थिए । उनले एक महिना रुसको मस्कोमा विशेष प्रशिक्षणसमेत लिएका थिए ।

आफ्नै प्रशिक्षणमा खेलेको स्मरण गर्दै नेपाल भारोत्तोलन संघका वरिष्ठ उपाध्यक्ष पार्थ सारथि सेन गुप्तले भने, ‘शकिल, सुरेन्द्र हमाल, समसुद्दिन एकै पुस्ताका खेलाडी हुन् । त्यो बेला नेपालगन्जको बलियो टोली थियो । भेन्टिलेटरमा भए पनि दुई दिनअघि छोरामार्फत कुरा गरेको थिएँ, हिजो साँझ आकस्मिक खबर आयो । स्तब्ध छु ।’ राष्ट्रिय खेलकुद परिषद्मा उनी अधिकृतस्तरका प्रशिक्षक हुन् । काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा उनी नेपालको भारोत्तोलन प्रशिक्षण टोलीमा थिए । उनले नेपालको प्रशिक्षक भएर ताइवान, उज्वेकिस्तान, मलेसियामा टिम लगेका थिए ।

अन्तर्राष्ट्रिय भारोत्तोलनका पदक विजेता समसुद्दिन सिद्दिकीले जाहिर र शकिलजस्ता अन्तर्राष्ट्रियस्तरका दुई होनहार खेलाडीको निधन हुनुले नेपालगन्जको खेल क्षेत्रमा ठूलो धक्का पुगेको बताए । ‘देशलाई योगदान गरेका व्यक्तित्वप्रति सम्मानजनक उपस्थितिमा दाहसंस्कारसमेत गर्न नपाउनु सबैभन्दा दुःखको पक्ष रह्यो,’ उनले भने, ‘नेपालगन्जको खेल क्षेत्र अहिले शोकमग्न छ ।

ekantipur.com

ताजा अपडेट

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौं अधिबेशन आगामी जनवरी 23 मा हुने

कुवेतमा तीन किराँती संस्थाद्वारा साकेला उधौली भव्यरुपमा मनाए गायिका “मिना राईले ”सबै लाई नचाए

गायिका “ मिना राई ” कुबेत आईपुगिन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत

खोटाङ कुवेत सम्पर्क मंचद्वारा विद्यालय लाई आर्थिक सहयोग

कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै

नेपाली दूतावास दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर हुदैँ क्युआर मार्फत नाम दर्ता आग्रह

उधौली चाड तथा सांस्कृतिक कार्यक्रमको लागि गायिका (मिना राई) कुबेत आउँदै

एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

यात्री समाज कुवेतको प्रथम अधिवेशन आगामी ९ डिसेम्बर २०२५ मा हुने

एनआरएनए एनसीसी कुवेतको आन्तरिक क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न,

सम्बन्धित खवरहरु

04643f1c-ac56-4a20-bcaa-c757f827ed79

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौं अधिबेशन आगामी जनवरी 23 मा हुने

1

कुवेतमा तीन किराँती संस्थाद्वारा साकेला उधौली भव्यरुपमा मनाए गायिका “मिना राईले ”सबै लाई नचाए

594077842_1489536196513068_2896709004624200289_n

गायिका “ मिना राई ” कुबेत आईपुगिन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत

WhatsApp Image 2025-12-01 at 08.15.14_a7e0cb23

खोटाङ कुवेत सम्पर्क मंचद्वारा विद्यालय लाई आर्थिक सहयोग

WhatsApp Image 2025-11-25 at 11.11.40_b3e2bb8c

कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै

Screenshot 2025-11-25 073032

नेपाली दूतावास दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर हुदैँ क्युआर मार्फत नाम दर्ता आग्रह

586578495_1881732816039089_3542829405264845611_n

उधौली चाड तथा सांस्कृतिक कार्यक्रमको लागि गायिका (मिना राई) कुबेत आउँदै

IMG_1213

एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

ट्रेन्डिङ खबर