दाङमा एक हप्ता लकडाउन थपिएको छ ।
कोरोना माहामारीको संक्रमण तीव्र गतिमा फैलिएको भन्दै जारी लकडाउनलाई आउदो जेठ १ गतेसम्म लम्व्याउने निर्णय भएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रवार घोराहीमा बसेको जिल्ला कोरोना भाइरस (कोभिड १९) संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।
यसभन्दा पहिले गएको बैशाख सत्र गते विहान छ बजेदेखी पच्चिस गते शनिवार बेलुकी छ बजे सम्मका लागी लकडाउन गरिएको थियो ।