काेराेना जाेखिम बढ्दै जाँदा सुरक्षाकाे अवधारणा अपनाउँदै हङकङले नेपालसँगको उडानमा प्रतिबन्ध लगाएको छ।
अन्य देशबाट आएकाहरूमा कोरोना संक्रमण देखिएसँगै प्रतिबन्धको नियमलाई कडाइ गरिएको हो।
नेपालमा पनि कोरोना भाइरस संक्रमण तीव्र भएसँगै हङकङ सरकारले सतर्कता अपनाएको हो।
यसअघि नेपालबाट हङकङ आउने यात्रु ४८ घण्टे पीसीआर जाँचको प्रमाणपत्र बोकेर हङकङ आउँथे। हङकङमा पुनः परीक्षणपश्चात् २१ दिन अनिवार्य क्वारेन्टाइन बस्ने प्रावधान थियो।