कुवेत, जनवरी – नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम आगामी शुक्रबार यहाँ आयोजना हुने भएको छ।माघे संक्रान्तिको अवसरमा आयोजना हुन लागेको यस कार्यक्रम जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे राजधानी प्यालेस होटेल खैतान, कुवेतमा सम्पन्न हुनेछ।
“इतिहास, भाषा, तेरेकृति संरक्षण – सम्वर्धन मगरहरूको मूल मन्त्र, जातीय पहिचान र स्वायत्त शासन संहिताको तेस्रो लोकतान्त्रिक गणतन्त्र” भन्ने नाराका साथ आयोजना हुन लागेको यस अधिवेशनमा विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ।
कार्यक्रमको मुख्य आकर्षण माघे संक्रान्तिको परम्परागत खानाहरू र सांस्कृतिक प्रस्तुतीकरण रहनेछ। संघका प्रथम सहिद लक्ष्मण थापा मगरको सम्झनामा आयोजना हुन लागेको यस कार्यक्रममा सहयोगी निकायहरूको समेत सहभागिता रहनेछ।