कुबेत -भाषा,संस्कार,संस्कृतिको संरक्षण,किरातीहरुको साझा अभियान” भन्ने मुल नाराका साथ कुवेतमा कृयासिल तीन किराती संस्थाहरुले किरातीहरुको महान चाड चासोक तङ्नाम, साकेला उधौली,रापावा स्यादार पिदार २०२५/५०८५ तथा सांगितिक कार्यक्रम हिजो मिती ०५ डिसेम्बर २०२५ शुक्र्बार को दिन कुबेतको खैतान स्थित राजधानी होटलको सभाहलमा भव्यरुपमा मनाए

किरातीहरुको आफ्नो महान् राष्ट्रिय चाड सालमा दुई चोटि मनाउने गर्छ। उभौली र उधौली वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ। उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा उनीहरुले मान्दै आएका छन्। वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ।

कार्यक्रमको मुख्य आकर्षक नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपालबाट आमन्त्रित अतिथि कलाकार लोकप्रिय गायिका मिना राइ पूर्वेली र साकेला गीतहरु गाएर उपस्थित सबै लाई नचाएको थियो। भने साकेला चाडको अवसरमा परम्परागत भेषभूषामा सजिएका तिन किरातीहरुले आफ्नो समुदायका मान्छेहरु भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नृत्य प्रस्तुत गरेका थिए। राईहरुको मौलिक झाँकी साकेला नाच,लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच,सांगातिक प्रस्तुतिहरु रहेको थिए।साथमा संस्थाका कलाकारहरु ले एकल गीत एकल नृत्य युगल तथा सामुहिक नृत्य गरी उधौली,कार्यक्रम लाई सुगन्ध भर्ने काम साथै मनोरन्जन दिलएको थिए।

किरात राईयायोक्खा कुवेतका अध्यक्ष उमेश राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास कुवेतका तृतीय सचिव राजेन्द्र प्रसाद जोशी रहेका थिए। भने विशेष अतिथिहरु तृतीय सचिव लेखा विभाग राम पुनित यादव राजदूतावास कुवेत,एनआरएनए एनसिसी कुवेतका अध्यक्षद्वय बिकास सिंह ठकुरी (बद्री पक्ष), दिल कुमार पाख्रिन (महेश पक्ष),नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष धन बहादुर लिम्बु,लगायत कुवेतमा कृयाशिल विभिन्न संघ- सस्थाका प्रमुख तथा प्रतिनिधि ,पत्रकार , समाजसेवी, कलाकारहरुको उपस्थित रहेको थियो ।

आयोजक किरात राईयायोक्खा कुवेतका महासचिव -रोशन राईले संचालन गरेको कार्यक्रममा शुक्रराईले स्वागत मन्तव्य राखेका थिएन। राष्ट्रिय गानको गुन्जनका साथ सुरु भएको कार्यक्रममा प्रमुख अतिथी,अध्यक्ष, र बिषेश अतिथिले सामुहिक उपस्थितिमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।

