कुवेत – संयुक्त तिन किरीती संस्थाहरु द्वरा आयोजित भोली मिती ०५ डिसेम्बर २०२५ शुक्र्बार को दिन कुबेतको खैतान स्थित राजधानी होटलको सभाहलमा आयोजना गर्न लागेको साकेला उधौली कार्यक्रममा सहभागीता जनाउन नेपालबाट आमन्त्रित अतिथि कलाकार चर्चित लोकप्रिय गायिका मिना राइ आज बिहान जजिरा एयरलाइन्स बाट कुबेतको समया 11:०० बजे कुवेत आईपुगीकी छिन।

अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतार्थ को लागि आयोजक संयुक्त तिन किरीती संस्था कुवेतमा कृयाशील नेपाली संस्थाका प्रतिनिधिहरु,पत्रकार साथै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुको उपस्थिति रहेको थियो। भने आगमनमा वहाँ लाई पुष्पगुच्चा र खादा दोसल्ला ओढाई भब्य स्वागत गरिएको थिए।

तिन किरीती संस्थाहरु द्वरा आयोजित गरेको साकेला उधौली कार्यक्रम लाई भव्य र सभ्य सफल बनाउन कुवेतमा क्रियाशील नेपाली संघ संस्था, पत्रकार,कलाकार, बुद्धिजिवी, समाजसेवी, तथा सम्पूर्णमा निमन्त्रणा गरिसकेको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितभई दिन आयोजकले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम हुने स्थान समय मिति
स्थान– राजधानी रेष्टोरेन्टको सभाहल खेतान
मिति भोली – ५ डिसेम्बर शुक्रबार २०२५
समय– बिहान ११ बजे देखी
आयोजक:-