कुवेतमा रहेका तिन किराती संन्स्थाले संयुक्त रुपमा नेपालबाटअथिती कलाकार गायिका मिना राईको साथ उधौली चाड मनाउने भएको छ।
“भाषा,संस्कार, संस्कृतीको संरक्षण, किरातिहरुको साझा अभियान” भन्ने मुल नाराका साथ सबैकिरातीहरु एकताको सुत्र भित्र बाधिनु पर्छ भन्ने मान्याताका साथ एउटा उदाहरणको रुपमा बिगत ७ बर्ष यतादेखि कुवेतमा कृयाशील तीन संस्थाहरु,किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत,सुनुवार सेवा समाज कुवेतद्वारा संयुक्तरुपमा किरातीहरुको महान चाडउधौली साकेला, चासोक तङ्नाम,रापवा श्यादर पिदर येले दोङ्, येले तङ्बे,येले थोचे,५०८५ को उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा उधौली कार्यक्रम मनाउन गईरहेको हो।
कार्यक्रममा बिभिन्न जातिय पोशाकमा सजिसजाउ मौलिक सांस्कृतिक झाँकीहरुले नेपाल झल्काउने प्रस्तुतिहरु लगायत अतिथि कलाकारका साथ स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने पनि आयोजकले बाताएका छन्।
कुवेतलाई कर्मथलो बनाएर बसोबास गर्नुहुने किराती,गैर किराती नेपाली दाजुभाई तथा दिदीबहिनी, कुवेतमा कृयाशिल संघ-सस्थालाई प्रतिनिधित्व गर्नुहुने संस्थाका अध्यक्ष/ प्रतिनिधि पत्रकार, कुवेतका बुद्धिजीवी, समाजसेवी खेलाडी, कलाकार सबैमा उपस्थिति भई कार्यक्रमको शोभा बढाई दिन हुनकोलागि आयोजक संयुक्त तिन किराती संस्थाले हार्दिक अनुरोध गरेका छन्। साथै उक्त दिन कुनै पनिकार्यक्रम नजुधाई दिनु हुन समेत आयोजक संस्था हार्दिक अनुरोध गर्दछ।
कार्यक्रम हुने स्थान समय मिति
स्थान– राजधानी रेष्टोरेन्टको सभाहल खेतान
मिति – ५ डिसेम्बर शुक्रबार २०२५
समय– बिहान ११ बजे देखी
आयोजक:-
किरात राई यायोक्खा कुवेत
किरात याक्थुङ चुम्लुङ कुवेत
सुनुवार सेवा समाज कुवेत