भारतीय बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार निधन भएको छ। उनको स्वास्थ्यमा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका चिकित्सकले अवस्था स्थिर नभएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।