कुवेत – कुबेतमा स्थापित समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत सरोकार समाज कुवेतको पाँचौं अधिवेशन सफलता पुर्वक सम्पन्न भएको छ। समाजको अध्यक्षमा धर्म तामाङ सर्वसम्मत निर्वाचित भएका छन ।

समाजका अध्यक्ष शूर्य लामाको सभाध्यक्ष तथा नेपाली दूतावास कुवेतका श्रमसहचारी गिरी प्रसाद शर्माको प्रमुख आतिथ्यतामा पाँचौँ अधिवेशन समारोह सम्पन्न भएको हो । कार्यक्रममा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष द्वय दिल कुमार पाख्रिन, बिकास बहादुर सिह, एनआरएनए एनसीसी कुवेतका संस्थापक अध्यक्ष राजेन्द्र तामाङ, भूतपूर्व अध्यक्षहरु अर्जुन तामाङ, सुजन केसी,रणध्वज लामा, आईसीसी सदस्य होमनाथ गिरी, मध्यपूर्व संयोजक सुरज मास्के, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष चन्द्र गोतामे , नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखा अध्यक्ष बल बहादुर काम्बाङ लिम्बु लगायतको विशेष आतिथ्यता रहेको थियो भने नेपाली राजनितीक दलका वैदेशिक भातृ संगठनका प्रमुख एवं प्रतिनिधीहरू, पत्रकार, विभिन्न संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधि साथै समाजसेवी, वुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

समाजका संरक्षक टीकाराम आचार्यको सँचालन रहेको कार्यक्रममा महासचिव जीवन निरौलाले स्वागत मन्तव्य राखेका थिए। भने कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा समाजले गरेका सामाजिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि नयाँ कार्यसमितीले यो सुनौलो ईतिहासलाई अझ सुन्दर बनाउनु भन्दै नयाँ कार्यसमिती बधाई तथा सफल कार्यकालको शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै समाजका संरक्षक धुर्ब कुमार संग्रौलाको संयोजकत्वमा रहेको निर्वाचिन समितिले निर्वाचित नयाँ कार्यसमितिको घोषणा गरेको थियो। जसमाअध्यक्ष धर्म तामाङ,त्यसैगरी वरिष्ठ उपाध्यक्ष राजु पुन मगर, उपाध्यक्ष हरि वंश मैनाली, महिला उपाध्यक्ष पिङ्की मगर, उपाध्यक्ष हरि केसी (आयुष), उपाध्यक्ष विष्णु माया बोलन, उपाध्यक्ष रुपक थापा, महासचिव जीवन निरौला, सचिव ग्रीदल डाँगी, सह – सचिव भवानी भण्डारी, कोषाध्यक्ष पेमा लामा, सह- कोषाध्यक्ष कृष्ण बहादुर तामाङ, युवा संयोजक प्रविन तामाङ, महिला संयोजक रिना दाहाल, युवा सह-संयोजक सोम लामा, महिला सह-संयोजक मनिषा स्याङतान, सास्कृतिक संयोजक श्याम पाख्रीन निर्वचित भएका छन । त्यस्तै कार्यसमिति सदस्य १२० जना सर्वसम्मत निर्वाचित भएका छन । समाजको संस्थापक संरक्षक अर्जुन तामाङ, संस्थापक संरक्षक धुर्ब कुमार संग्रौला, संरक्षक दिनेश गुरु, संरक्षक चित्र बहादुर मगर, संरक्षक राम चन्द्र कार्की, संरक्षक प्रेम तितुङ्ग, संरक्षक टिकाराम आचार्य, बरिष्ठ सल्लाहकार दामोदर बटाला, सल्लाहकार होम पाख्रीन, सल्लाहकार रमिता योञ्जन, सल्लाहकार रोशन थापा, सल्लाहकार सोम लामा, सल्लाहकार मोहन राई, सल्लाहकार पदम मोक्तान, सल्लाहकार रहमदिन मियाँ र सल्लाहकार चक्र बोम्जन रहेका छन ।
अन्तमा सभापति लामाले कार्यक्रम सफल पार्नको लागि प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापनको घोषणा गरेका थिए ।
तस्बिर : चन्द्र गोतामे






