नेपाल क्रिकेट संघ (क्यान) ले वेष्ट इन्डिजसँग हुने तीन खेलको टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। सिरिज यूएईको सारजाह क्रिकेट स्टेडियममा आगामी सेप्टेम्बर २७, २९ र ३० मा हुने छ। घोषित टोलीमा ‘ए’ टिमबाट उत्कृष्ट प्रदर्शन गरेका आदिल आलम पुनः राष्ट्रिय टिममा फर्किएका छन्।
करिब दुई वर्ष लामो निलम्बन पछि उनी पुनः सिनियर टिममा अटाएका हुन्। त्यस्तै, ‘ए’ टिममा चम्किएका सन्दीप जोरा ले पनि सिनियर टिममा स्थान बनाएका छन्। तर, यसअघि टोलीमा रहेका भिम सार्की र रुपेश कुमार सिंह भने यसपटक टिममा परेनन्।