नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्ति पार्टीको अध्यक्षका लागि डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दर्ता गराएका छन् । आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुने छ । तीन बजेबाट हुने मतदानले ९९ जनाको कार्यसमिति चयन गर्नेछ ।