हमासले बन्धक रिहाइ स्थगित गर्ने घोषणा गरेको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । पूर्व सम्झौताअनुसार बन्धकहरुको रिहाइ आगामी शनिबार हुनेवाला थियो ।
हमासले बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन् । ट्रम्पले शनिबार दिउँसो १२ बजेसम्म सबै बन्धकहरूलाई रिहा गर्नुपर्ने बताएका छन् । उनले हमासले बन्धक रिहाइ रोके युद्धविराम अन्त्य गर्ने चेतावनी दिएका छन् ।