दिल्लीकी मुख्यमन्त्री आतिशीले आज मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छिन्। जानकारी अनुसार, उनी लगभग ११ बजे राजभवन पुगिन्। उनले उपराज्यपाललाई भेटेर राजीनामा बुझाएकी हुन् ।
राज्यपालको कार्यालयले अघिल्लो सभा विघटनको सूचना जारी गरेको छ। यो सूचनासँगै नयाँ सभा गठनको बाटो खुलेको छ। नयाँ सभा गठन भएपछि सरकार गठनको प्रक्रिया पनि सुरु हुनेछ।शनिबार आएको चुनावी नतिजामा भाजपाले ४८ र आम आदमी पार्टीले २२ सिट पाएको छ। भाजपाले अहिलेसम्म मुख्यमन्त्रीको नाम घोषणा गरेको छैन।