सामान्य वर्षासँगै ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा मंगलबार साँझदेखि हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।
पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिए । हिमपात भए पनि जनजीवनमा सामान्य रहेको उनले बताए ।