नेकपा एमालेले नेता भीम रावललाई पार्टीबाट निष्कासन गरेको छ । यस्तै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको छ ।
एमालेको हिजो बसेको सचिवालय बैठकले तीन जना नेताहरुलाई कारबाही गर्ने निर्णय गरेको हो । पार्टीका केन्द्रीय सल्लाहकार रहेका नेता रावलले सल्लाहकारको भूमिका पनि ननिभाएकोले पार्टीको सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको एमालेले जनाएको छ ।