संखुवासभा जिल्लाको चैनपुर बजार स्थित प्रमुख सार्वजनिक स्थल “जिरो प्वाइन्ट” मा रहेको प्राचीन करुवा स्तम्भको नवीकरण र पुनर्स्थापना गरिएको छ। स्थानीय युवा समुदाय लगायत सरोकारवालाहरूले मिलेर यस ऐतिहासिक करुवाको नयाँ १०.५ फिट अग्लो र ७९० केजी तौल भएको स्तम्भ निर्माण गरी सम्मानजनक पुनर्स्थापना गरेका छन्।
केही समय अगाडि स्थापित गरिएको करुवाको डिजाइन र सामग्री नमिलेको भन्दै स्थानीयवासीहरु असन्तुष्ट भएका थिए। त्यसपछि, स्थानीयहरूको अगुवाइमा वास्तविक डिजाइन र सामग्री प्रयोग गरी पुनःनिर्माण गरिएको छ। यसरी संस्कृतिक पहिचानको प्रतीक करुवालाई पुनर्जीवित गरिएकोमा स्थानीयवासीहरू खुसी छन् र सबैलाई धन्यवाद दिएका छन्।
यस पुनर्निर्माण कार्यले चैनपुरको करुवालाई संरक्षण गर्ने र पर्यटकीय आकर्षणबिन्दुको रुपमा विकास गर्न सहयोग पुग्नेछ।