नेकपा माओवादीकी उपाध्यक्ष भुसाल नेजप्रमको कुवेत अधिवेशनमा सहभागी हुने”

शेयर गर्नुहोस

नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाकक्षमा आयाेजना हुँदैछ भने उक्त अधिवेशनकाे प्रमुख अतिथिको रूपमा नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल कुवेत आउने भएकी छन् । मञ्चकाे निमन्त्रणामा कुवेत आउन लागेकी पार्टी केन्द्रीय उपाध्यक्ष भुसाल प्रभावशाली महिला नेतृ हुन् भने उनी पुर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समेत हुन् ।

मञ्चका अध्यक्ष तथा पाँचाै राष्ट्रिय अधिवेशन आयोजक मुल समितिका संयोजक मन बहादुर भुजेल मगरले मिडियाकर्मीहरूसँग कुराकानी गर्दै कार्यक्रमको तयारी जोडतोडका साथ अगाडि बढिरहेको र प्रमुख अतिथिको कुवेत आगमनको सम्पुर्ण व्यवस्था गरिसकिएको बताउँदै अधिवेशनको अवसर पारेर मुलुकमा संघियता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्र ल्याउन अहं भूमिका निर्वाह गरेका पुर्व लडाकुहरूलाइ पार्टी केन्द्रीय उपाध्यक्षको हातबाट सम्मान गर्ने कार्यक्रम समेत रहेको बताउँदै मुलुकमा रोजगारीको अबसर नहुँदा विदेशमा पस्न बाध्य भएका नेकपा माओवादी केन्द्रप्रति आस्थावान सम्पुर्ण कुवेतवासी युवावर्गलाइ उक्त अधिवेशन समारोहमा उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन् ।

पाँचाै राष्ट्रिय अधिवेशनलाइ भव्य र सभ्य रूपमा सम्पन्न गर्न नेपाली राजदूतावास कुवेत, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेत लगायत कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, समाजसेवी, वुद्धिजीवि, खेलाडी, कलाकार लगायत कुवेतमा कार्यरत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाइ उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दै अाैपचारिक रूपमा छि्ट्टै पत्राचार गरिने जनाएका छन् ।

“संसारभरका मजदुरहरू एक हौं“ भन्ने नाराका साथ सन २०१० मा गठन भइ कृयाशिल रहेको मञ्चले प्रवासी श्रमिकहरूका हक, हित र अधिकारका विषयमा पैरवी गर्दै विभिन्न किसिमले अप्ठेरोमा परेका श्रमिकहरूको उद्दारका कार्यहरू गर्दै आएको छ भने केन्द्रको नीति निर्देशन तथा समन्वयमा प्रवासबाट केन्द्रमा सहयोग गर्दै आएको छ । मञ्चले प्रवासमा रहेर पार्टी केन्द्रको नीति निर्देशनलाई पालना गर्दै पार्टी प्रति आस्थावानहरुलाई गोलबद्ध गर्दै संगठन बिस्तार गर्ने, प्रवासी श्रमिकहरुका हक हितमा कार्य गर्दै कुवेतमा रहेका अन्य संघ सँस्थाहरुसँग हातेमालो गर्दै सहकार्य गर्दै र मातृभूमि नेपालमा घटेका बिभिन्न प्रकोपमा पार्टी केन्द्र मातहत रहेर राहत सहयोगका कार्यहरु गर्दै आएको छ ।

कार्यक्रम विवरण
कार्यक्रमः नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन ।
मितिः ७ जुन २०२४ शुक्रबार ।
स्थानः सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्ट फरवानिया ।
समयः दिनको ठिक ११ बजे ।

ताजा अपडेट

कुवेतमा एक महिलाको मृत्यु घर फर्काइदिन्छु भन्दै लाख लिएर एजेण्ट फरार,

लुम्बिनी समाज नेपाल-कुवेतको ११औं बार्षिक उत्सव तथा छैठौं अधिबेशन अगस्ट २३ हुने

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

युरोकप २०२४ : स्पेन चौथो पटक च्याम्पियन

सिमलताल पहिरो : गैंडाकोट र गोलाघाटमा मृत भेटिएका दुवै पुरूषको सनाखत

जिम्बाबेविरुद्ध भारतको लगातार तेस्रो जित, सिरिजमा कब्जा

केपी ओली चौथोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ ग्रहण भोलि

नेपाल आदिवासी जनजाती महासंघ कुवेत द्वारा ‘विश्व आदिवासी दिवस २०२४’ भब्य कार्यक्रमका साथ मनाईदै

तनहुँ सेवा समाजले तेश्रो अधिवेशन सम्पन्न गर्यो, अध्यक्षमा सोम बहादुर खत्री

कुवेतमा सडक दुर्घटनामा एक नेपाली महिलाको मृत्यु,

सम्बन्धित खवरहरु

Screenshot

कुवेतमा एक महिलाको मृत्यु घर फर्काइदिन्छु भन्दै लाख लिएर एजेण्ट फरार,

1721151026-A4U86

लुम्बिनी समाज नेपाल-कुवेतको ११औं बार्षिक उत्सव तथा छैठौं अधिबेशन अगस्ट २३ हुने

champions-1024x683

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

2

युरोकप २०२४ : स्पेन चौथो पटक च्याम्पियन

Screenshot

सिमलताल पहिरो : गैंडाकोट र गोलाघाटमा मृत भेटिएका दुवै पुरूषको सनाखत

inbound2462490064873709531

जिम्बाबेविरुद्ध भारतको लगातार तेस्रो जित, सिरिजमा कब्जा

inbound7293195213404537551

केपी ओली चौथोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ ग्रहण भोलि

Screenshot

नेपाल आदिवासी जनजाती महासंघ कुवेत द्वारा ‘विश्व आदिवासी दिवस २०२४’ भब्य कार्यक्रमका साथ मनाईदै

ट्रेन्डिङ खबर